काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मानमा आज देशभर सार्वजनिक शोक बिदा दिएको छ।
गत भदौ २३ र २४ गतेको आन्दोलनमा कम्तीमा ७२ युवाको मृत्यु भएपछि अन्तरिम मन्त्रिपरिषद्को निर्णयअनुसार असोज १ गते राष्ट्रिय शोक घोषणा गरिएको हो।
यसअन्तर्गत आज सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोग बन्द रहेका छन् भने राष्ट्रिय झण्डा आधा झुकाइएका छन्। मंगलबार मृतक युवाहरूको शवयात्रा र पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको थियो।
प्रतिक्रिया दिनुहोस