२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

आजबाट बिपी राजमार्ग २४सै घण्टा सञ्चालनमा

बुधवार , आश्विन १, २०८२

काठमाडौं । जोखिमका कारण लामो समय रातिको यातायात रोकिएको बिपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरी सवारीसाधनलाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो।

कार्यालयले जारी गरेको सूचनाअनुसार गत असार पहिलो सातादेखि बाढीपहिरोको जोखिमका कारण धुलिखेलदेखि नेपालथोकसम्म राति १२ घण्टा यातायातमा रोक लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रातिको आवतजावत रोकिएको थियो।

गत वर्षको असोजमा आएको बाढीपहिरोले राजमार्गको विभिन्न खण्ड क्षतिग्रस्त बनाएको र सोको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रियामा अगाडि बढाइरहेको कार्यालयले जनाएको छ।

पूर्वी नेपाललाई छोटो दूरीमा जोड्ने यो राजमार्गबाट दैनिक हजारौं सवारीसाधन सञ्चालन हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट