२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालन

बुधवार , आश्विन १, २०८२

मान्म (कालीकोट) । जिल्लाको शुभकालिका–१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

वर्षासँगै आएको पहिरोले मङ्गलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएर राजमार्ग खुलाउन स्काभेटर र जेसिभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार गगने खोला पारिपट्टीको डाँडा पूरै सडकमा खसेर राजमार्ग अवरुद्ध बनेको थियो ।

वर्षा हुनेबित्तिकै लेदो र ढुङ्गासहितको पहिरो गगने खोलामा खस्ने गरेकाले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट