२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । आज २०८२ साल असोज २ गते बिहीबार। तदनुसार सन् २०२५ सेप्टेम्बर १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ ।व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने दिन छ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। नयाँ कुराको सुरुवात गर्ने दिन छ। योजना बनाएको भए सफलता मिल्नेछ।

वृष : दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन धेरै राम्रो छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। आफन्तबाट भने धोका हुने भएकाले सचेत बन्नुपर्नेछ।

सिंह : दिन सामान्य छ। ठुलो लगानी नगर्नु उचित हुनेछ। गलत कामले पश्चाताप हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। साना कुराले मनमा अशान्ति फैलने छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। राज्यको तर्फबाट सुविधा प्राप्त हुनेछ।

वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। प्राविधिक शिक्षा र व्यापारमा गरेको प्रयास सफल बन्नेछ। दैनिक काममा भने ढिलासुस्ती हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट भय र त्रास बढ्ने जोखिम छ। परिवारको सहयोग लिएर अगाडि बढ्दा राम्रो हुनेछ।

मकर : दिन राम्रो छ। मन प्रशन्न रहनेछ। विपक्षी साथीले तपाईंको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। राज्यको तर्फबाट अवसर प्राप्त हुने दिन छ।

कुम्भ : दिन सामान्य छ। रिसलाई नियन्त्रण गर्नु उचित हुनेछ। सञ्चित धन खर्च हुने छ। भएको सम्पत्ति जोगाउनु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

मीन : तपाईंका लागि दिन सामान्य छ। साना कुराले स्वास्थ्यमा समस्या हुनेछ। सहकर्मीबाट असहयोग हुने जोखिम छ। प्राविधिक शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। अग्रजको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट