२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

भ्रष्टाचारी र जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई कडा कारवाही हुनुपर्छ : राप्रपा

बिहिवार , आश्विन २, २०८२

काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई कडा कारवाही हुनुपर्ने स्पष्ट पारेको छ ।

बिहीबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारवाही गर्नुपर्ने भन्दै कारवाही नभए बलिदानको घोर अपमान हुने निष्कर्ष निकालेको हो ।

जेनजीको विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने पार्टीको दृष्टिकोण रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । त्यस्तै असफल भएको संविधानबाटै कुनै पनि बहानामा मुलुकलाई अघि बढाउने चेष्टा गर्नु मुलुकलाई नै असफल बाटोमा धकेल्नु हो भन्ने धारणा रहेको उहाले बताए ।

उहाले देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालीन द्वन्दमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्युह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन सबै राजनीतिक शक्तिहरूका बीचमा नविन समझदारी आवश्यक रहेको उल्लेख गरे ।

जेनजी विद्रोहका दमनकारीहरुलाई तत्काल कारवाही गर्नुपर्ने, पूर्ण समानुपातिक संसद र सांसदले मन्त्री हुन नपाउने व्यवस्था, स्थानीय तह गैरदलीय हुनुपर्ने व्यवस्था पक्षमा राप्रपा रहको अध्यक्ष लिङ्देनले बताए ।

त्यस्तै बैठकले २०४६ पछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको समेत सम्पत्ति छानबिनको माग गरेको छ भने प्रदेश संरचनाको अबिलम्ब खारेजी, प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था, अविभावकीय संस्थाका रुपमा राजसंस्था कायम हुनुपर्ने, पुर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र कायम हुनुपर्ने लगाएतका माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट