२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सैनिक ब्यारेकबाट बाहिर आए ओली, अब भाडाको घरमा गुण्डुमा बस्ने

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर आएका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते उनलाई नेपाली सेनाले सुरक्षाका लागि आफ्नो नियन्त्रणमा लिएको थियो ।

सोही दिन जेनजीको आन्दोलन उग्र बनेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

स्रोतका अनुसार ओली सैनिक ब्यारेकबाट बिहिबार भाडाको घरमा भक्तपुरको गुण्डु सरेका छन् । बालकोटस्थित ओलीको घर जेनजी प्रदर्शनकारीले जलाएर ध्वस्त बनाएका थिए ।

शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका ओली बिहीबार बाहिर निस्किएका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट