काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक बसेको कोशी प्रदेश सरकारको बैठकले कोशी प्रदेशभित्रका पाँच लाख रुपैयाँ बराबरका सम्पूर्ण योजनाहरु कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा दुःख व्यक्त गर्दै एक लाख रुपैयाँ काजक्रिया खर्च दिने निर्णय गरेको छ।
त्यस्तो रकम आन्दोलनमा लागेकाहरूलाई मात्रै दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
त्यसैगरी भौतिक पूर्वाधारको क्षति को अध्ययन गर्न कार्तिक ९ गते सम्मको समय दिएर भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस