२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलनमा घुसपैठ भएको शाक्यको आरोप, सबै दलले आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने भनाइ

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसका अवसरमा सबै राजनीतिक दललाई आफ्ना कमीकमजोरीको समीक्षा गर्न आग्रह गरेकी छन् ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा शाक्यले जेनजी आन्दोलनमा स्वार्थी तत्त्वहरूको घुसपैठका कारण युवाहरूले ज्यान गुमाउनुपरेको बताइन् । उनले शोकलाई शक्तिमा बदल्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।

उनले गणतन्त्रलाई कमजोर बनाउन अहिले पनि चलखेल भइरहेको दाबी गर्दै सचेत रहनुपर्नेमा जोड दिइन् । “इतिहासलाई गर्व गर्नसक्नेगरी थप्नुपर्छ, संयम र समीक्षा अपरिहार्य छ,” शाक्यको भनाइ छ ।

एमाले उपाध्यक्ष शाक्यले आफ्नै पार्टीभित्र पनि समीक्षा आवश्यक रहेको उल्लेख गर्दै नेतृत्व तहले सुधारका कदम चाल्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट