२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भने: कार्यालय जले पनि इच्छाशक्ति मरेको छैन

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसको अवसरमा पार्टी कार्यालय डढेर खरानी भए पनि एमालेको इच्छाशक्ति मरेको छैन भनेका छन्।

पोखरेलले भने, “यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अघि बढ्छ। हाम्रो कार्यालय डढेर खरानी भयो, तर इच्छाशक्ति कहिले मर्ने छैन।”

उनले देशले व्यहोरेको दुर्भाग्यपूर्ण घटनामा दुख व्यक्त गर्दै एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने बताएका छन्।

संविधान नेपाली जनताको वर्षौँ संघर्षपश्चात प्राप्त उपलब्धि भएको उल्लेख गर्दै, “जस्तोसुकै परिस्थिति आए पनि हामी राष्ट्रिय दिवसमा एकता भएर अघि बढ्छौँ” उनले भने।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट