२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

संविधान दिवस २०८२: सैनिक मञ्चमा मुख्य समारोह, राजनीतिक दलका शीर्ष नेताहरु अनुपस्थित

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी थिए।

तर, अन्य शीर्ष नेताहरु जस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल कार्यक्रममा अनुपस्थित थिए। उनीहरूले आ–आफ्ना पार्टी कार्यालयमा संविधानको रक्षाका लागि खबरदारी गर्दै दिवस मनाएका छन्।

विगतको वर्षहरु जस्तो सांस्कृतिक झाँकी र अन्य कार्यक्रम यसपटक राखिएको छैन। नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले मात्र ब्याण्ड प्रस्तुति दिएका छन्।

नेपालले लामो संघर्षपछि संविधानसभाबाट संविधान २०७२ जारी गरेको थियो। विसं २०७२ असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट