२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

कांग्रेसका पार्टी कार्यालय पुनःनिर्माण गर्न १० का दरले सहयोग उठाउँछौँ : गुरुङ

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट रु १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताएका छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उनले पार्टीको कार्यालय पुनःनिर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गरे ।

उपसभापति धनराज गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी पार्टी कार्यालयलाई निर्माण गर्न सकिने धारणा राखे । “देशभरका नेता तथा कार्यकर्ताबाट कम्तीमा रु १० सङ्कलन अभियान गर्ने र धेरै दिन चाहनेले इच्छाअनुसार सहयोग गर्न सक्नेछन् । यसरी अगाडि बढियो भने पार्टीको केन्द्रीय कार्यालय पनि निर्माण हुन्छ । सबैको अपनत्व पनि हुन्छ”, उनले भने ।

उपसभापति गुरुङले अब महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले दिएको सुझावअनुसार पार्टी अगाडि बढ्नुपर्ने बताए । आफूले पटकपटक २०४६ सालयता लाभको पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएको स्मरण गर्दै उनले त्यसो गरेको भए हालको अवस्था सिर्जना नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट