२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध, हजारौं यात्रु अलपत्र

शनिवार , आश्विन ४, २०८२

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार साँझ ६ बजेपछि खसेको पहिरोले करिब १०० मिटर सडक क्षेत्र ढाकिएको छ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक पहिरो खसेको र लगातार ढुङ्गा झरिरहेकाले तत्काल सडक खुलाउन सम्भव छैन्। उनका अनुसार पहिरो झण्डै १०० मिटर माथिबाट खसेको हो।

शनिबार बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने कार्य सुरु गरिएको छ। पहिरो पन्छाउन दुवै दिशाबाट एक–एक वटा लोडर प्रयोग गरिएको छ भने नारायणगढतर्फको सेती दोभान क्याम्पबाट स्काभेटरसमेत परिचालन गरिएको छ।

“यदि थप पहिरो नखसेमा करिब चार घण्टामा सडक खुलाउने लक्ष्य लिएको छौं,” प्रमुख लामिछानेले बताए।

शुक्रबार दिउँसो पनि सो क्षेत्रमा स–साना पहिरो खसेका थिए तर साँझ ६ बजेदेखि ठूला पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। सडक बन्द हुँदा सयौं यात्रु रातभर गाडीमै रोकिएका छन्।

पहिरो खसेको क्षेत्र मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ। सडक सञ्चालन नहुँदासम्म यात्रुहरूलाई वैकल्पिक व्यवस्था मिलाउन ट्राफिक प्रहरी र स्थानीय प्रशासनको प्रयास जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट