२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध, दशैंका सामान बोकेका कन्टेनर अलपत्र

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दशैंका सामान बोकेका कन्टेनर बिभिन्न स्थानमा अलपत्र परेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बिभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोलेका कन्टेनर सीमा पारी र राजमार्गका बिभिन्न स्थानमा अलपत्र परेका हुन् । सडक अवरुद्ध भएको ५० दिनभन्दा बढि समय भएपछि सरोकारवालाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्याकर्षणपत्र समेत बुझाइसकेका छन् ।

मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई समेत निर्देशन दिएका छन् । निर्देशनपछि सडक बिभागका अधिकारीहरुले स्थलगत निरिक्षण गरेका छन् । उनीहरुले तत्कालका लागि ६ मिटरको एकतर्फी सडक खोज्ने जानकारी गराएको सिल्क ट्रान्सपोर्टका निर्देशक बिजय शेर्पाले बताए । राजमार्ग अवरुद्ध हुँदा १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेको र उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पठाउन कठिनाइ भएको उनले बताए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले १५ सय कन्टेनर अड्केर बसेको बताए । दुई–तीनभित्र सडक खोल्न सके काठमाडौं आसपास सामान पुराउन सकिने उनको भनाइ छ । उनले सडक अवरुद्ध हुँदा सामान बोकेर लैजानुपर्दा दैनिक १० लाख भन्दा बढि खर्च भएको गुनासो गरे । उनले उक्त सडकखण्ड पटक पटक अवरुद्ध हुने गरेकाले दिर्घकालीन सोचका साथ सडक निर्माण गर्नुपर्ने बताए ।

सडक बिभागका महानिर्देशक डा बिजय जैसीले सडक खुलाउने बिषयमा मन्त्रालयमा छलफल गर्ने र चिनिया पक्षसँग पनि परामर्श गर्दै उक्त सडकखण्डलाई दिर्घकालीन सोचका साथ निर्माण गरिने उल्लेख गरे ।

दशैं लगायतका चाडपर्वका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट सामान ल्याउन र सर्वसाधारणको आवागमनमा समेत ठुलो समस्या परेको छ । भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाउ समेत जोखिममा परेका छन् । स्थानीयहरुले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट