काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा राज्य पक्षको कमजोरी र दोषी पहिचान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन प्रक्रिया अघि बढेको छ। गृह मन्त्रालयका अधिकारीका अनुसार, आयोगको निर्णय पहिलो क्याबिनेट बैठकमै हुने अपेक्षा छ।
आयोगका लागि विशेषज्ञहरूको रोस्टर तयार भएको छ भने यसको क्षेत्राधिकार (टीओआर) पनि टुंगो लागेको छ। स्रोतका अनुसार, विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन हुने सम्भावना छ। आयोगका सदस्यहरूको नाम पनि लगभग टुंगो लागेको छ।
सुशीला कार्की नेतृत्वको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस अघि बढाएको निर्णयले जेनजी आन्दोलनमा भएको दमनको छानबिन सुनिश्चित गर्नेछ।
प्रतिक्रिया दिनुहोस