२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

कुर्सी परिवर्तनले जीवनस्तर सुधार नहुने भन्दै ज्ञानेन्द्र शाहीले अघि सारे यस्ता माग

आइतवार , आश्विन ५, २०८२

काठमाडौं। ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने धारणा व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धाराहरू परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

​नेता शाहीका अनुसार, जबसम्म यी बुँदाहरूमा सुधार हुँदैन, तबसम्म देशमा सुशासन र समृद्धिको सपना अधुरै रहनेछ। उनले युवा पुस्तालाई यी एजेन्डाहरूमा एकजुट हुन आह्वान पनि गरेका छन् ।

​शाहीले अगाडि सारेका मुख्य बुँदाहरू :

​प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री : हालको संसदीय व्यवस्थाले अस्थिरता निम्त्याएको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।

​प्रदेश खारेजी : अनावश्यक खर्च र प्रशासनिक बोझ बढाएको भन्दै प्रदेश संरचना खारेज गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

​संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द : संवैधानिक निकायहरूमा राजनीतिक हस्तक्षेप बन्द गरी योग्य र निष्पक्ष व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्ने उनको भनाइ छ।

​भ्रष्टाचारीलाई कडा कारबाही : भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावासको सजाय दिनुपर्ने माग उनले गरेका छन्।

​राष्ट्रिय एकता कायम: देशको भौगोलिक र सामाजिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकता कायम राख्नका लागि नयाँ नीतिहरू ल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।

​यी बुँदाहरू लागू नभएसम्म देशमा केवल कुर्सीको परिवर्तन मात्र हुने र त्यसले जनताको जीवनस्तरमा कुनै सुधार नआउने शाहीको तर्क छ। उनले युवाहरूलाई यो एजेन्डालाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट