२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नवनियुक्त चार मन्त्रीले लिए शपथ

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । नवनियुक्त चार मन्त्रीहरुले शपथग्रहण गरेका छन् । उनीहरुलाई राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषि मन्त्री डा मदन परियारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार अपराह्न आयोजित समारोहमा शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले यी मन्त्रीहरू नियुक्त गरी शपथग्रहण गराएका हुन् ।

पूर्वप्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

यसअघि प्रधानमन्त्री कार्कीसहित ३ जना मन्त्रीले शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट