काठमाडौं । नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनले तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उनले पदभार ग्रहण गर्दै स्वदेशी वस्तुहरूको उपयोग गर्नेबारेको पहिलो निर्णयमा हस्ताक्षर गरे ।
उनी मन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्झिँदै भक्कानिएका थिए ।
प्रतिक्रिया दिनुहोस