२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि सरकारलाई सहयोग गछौँ : रास्वपा

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ ।

मंगलबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसंगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका घटनामा रास्वपाका नेताहरुलाई समेत मुछ्ने काम भएको भन्दै घटनाको छानविनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने बताएका हुन् ।

प्रवक्ता झाले भाद्र २३ गते भएको जेनजी आन्दोलनमा रास्वपा नेता कार्यकर्ताहरुको सहभागीता तुलनात्मक रुपमा सवैभन्दा बढि रहेको उल्लेख गर्दै भाद्र २४ गते भएको तोडफोड तथा आगजनीका घटनामा भने रास्वपा नेता कार्यकर्ताहरुको कुनै सहभागीता नरहेको दावी गरे ।

त्यस्तै उनले आन्दोलनका क्रममा नख्खु कारागारमा समेत आगजनी हुने सम्भावना देखेपछि आफु त्यहा पुगेको तर आन्दोलनकारीको अगुवाका रुपमा सहभागी भएको भन्ने कुरामा सत्यता नरहेको बताए ।

उनले रवि लामिछानको सुरक्षाको जिम्मा लिन कारागारले भनेपछि आफुहरुले जिम्मा लिएको जिकिर गरे । प्रवक्ता झाले सुमना श्रेष्ठ लगाएतका नेताले पार्टी छाडेको प्रति समिक्षा गदैै अहिलेसम्म गरेको योगदानको सम्मान गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट