२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न शिक्षामन्त्री पुनको निर्देशन

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले ३ वटा काम तुरुन्त अगाडी बढाउन मन्त्रालयमा निर्देशन दिएको बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् ।

उनले नेपालभरका सामुदायिक माध्यामिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने बताएका छन् ।

साथै, उनले केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउने गरेको र विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति भएको भन्दै विश्वविद्यालयलाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएका छन् ।

समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिने पनि मन्त्री पुनले बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्ने गरेको उनले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरी सुन्दर बँगैचा सहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउन समेत निर्देशन दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट