२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

मधेश सरकारबाट बाहिरियो कांग्रेस

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनकपुरमा आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसारमुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए । पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूलाई आजै फिर्ता बोलाएको छ। नेता यादवले अब कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पनि बताए।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए । राजीनामा घोषणा गरेको भए पनि दिएका भने थिएनन्।

मुख्यमन्त्री सिंहलाई जनमतले यसअघि नै राजीनामा दिन निर्देशन दिएको भए पनि अटेर गरिरहेका छन्। जनमतले आफ्नै पार्टी नेतृत्वको सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट