२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन समिति गठन गर्ने माओवादीको निर्णय

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बिघटन गर्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा बुधबार बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरकोे प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गर्न लागिएको उनले बताए । बैठकले विशेष महाधिवेशनको मिति तोक्न समेत केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने उनले जानकारी दिए । विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको भन्दै सापकोटाले यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने जिकिर गरे ।

केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने र प्रदेश अनुसार प्रतिनिधि बिभाजन गरी, केन्द्रीय समितिको पूर्ण बैठकमा रिपोर्टिङ हुने सापकोटाले बताए । त्यस्तै तोकिएको मितिमा नै निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने निर्णय भएको उनले जानकारी दिए ।

त्यस्तै जेनजीलगायत परिवर्तनकारी शक्तिहरुसँग वार्ता र संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र राजनीतिक कार्यदिशा तथा विचार मिल्नेसँग कार्यगत एकताका लागि प्रभावकारी पहल गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट