२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

बाबुराम भट्टराईले दिए पार्टी अध्यक्षबाट राजीनामा

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् । उनले बुधबार जारी केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव राखेका हुन् ।

बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ ।

भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिँदै विशेष महाधिवेशनमा जाने प्रस्तावसमेत राखेका छन् । उक्त बैठकले आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी गरेको छ ।

महाधिवेशन कहिले गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट