२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

बालुवाटारमा बालेनले भेटे प्रधानमन्त्री, जेनजीमाथि गोली चलाउनेहरूलाई तत्काल पक्राउ गर्न माग

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

स्रोतका अनुसार मेयर शाहले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा बालेनले जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि तत्काल कारबाही गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । साथै उनीहरुलाई कारबाही गर्न ढिलाई गरेको भन्दै बालेनले असन्तोष व्यक्त गरे ।

उक्त भेटमा विकसित घटनाक्रमबारे छलफल भएको स्रोतले बतायो । मेयर शाहले प्रधानमन्त्रीसमक्ष जेनजीका मागहरूको सम्बोधनका विषयमा प्रश्न राखेका थिए ।

जेनजी आन्दोलनका पीडित परिवारहरूले पनि भदौ २३ गते भएको जेनजी प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएको भन्दै प्रश्न उठाइरहेको बालेनले बताए ।

त्यसैले उनीहरुलाई तत्काल कारबाही नभए असन्तोष थप बढ्दै जाने उनले बताए ।

जवाफमा प्रधानमन्त्री कार्कीले पनि यस विषयमा आफू गम्भीर रहेको बताइन् । अत्याचार गर्ने, शक्तिको दुरुपयोग गर्ने कसैले पनि उन्मुक्ति नपाउने उनले बताइन् ।

गत भदौ २३ गते भएको जेनजी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एकैदिन १९ जनाको ज्यान गएको थियो । २३ र २४ गते गरी उक्त प्रदर्शनमा मृत्यु हुनेको सँख्या ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट