२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

प्रधानमन्त्री सुशीला कार्की आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।

‘जेनजी’ आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीको यो पहिलो सार्वजनिक सम्बोधन हुने भएको छ। कार्की गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्। त्यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाक्रमका आधारमा प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गरिएको थियो।

सरकारको नेतृत्व सम्हालेसँगै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन गराउने घोषणा गरिसकेकी छिन्। उनको नेतृत्वमा बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी तोकिएको समय अर्थात् छ महिनाभित्रै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु रहेको छ।

आजको सम्बोधनमा प्रधानमन्त्रीले निर्वाचनको तयारी, अन्तरिम सरकारका प्राथमिकताहरू र ‘जेनजी’ आन्दोलनपछिको राजनीतिक व्यवस्थापनसम्बन्धी धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट