२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

भ्रष्टहरु फेरि सलबलाउन थाले, नेताहरूको अकुत सम्पत्ति छानबिन गरी कारबाही हुनुपर्छ : बाबुराम भट्टराई

बिहिवार , आश्विन ९, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्ने बताएका छन् । आज पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्केर सलबलाई रहेको भन्दै ती शक्तिलाई बेलैमा चिन्नुपर्ने बताए ।

भट्टराईले विदेशी शक्तिको आडमा विद्रोह गरेको भनिए पनि यो विद्रोह युवाहरूले आवश्यकताका अनुसार गरेका बताए । उनले भने, ‘भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छ, त्यसलाई छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्छ । उनीहरूका केही सम्पत्ति डढेको भनिएको छ, तर उनीहरूका सम्पूर्ण सम्पत्ति छानबिन नगरिईकन भ्रष्टाचार अन्त्य हुन सक्दैन ।’

त्यस्तै, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट बुधबार पद त्याग गरेका उनले नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको प्रष्टीकरणसमेत दिए ।

उनले भने, ‘हाम्रा नाति पुस्ता आइसके उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले नैतिकताका आधारमा पद त्याग गरेको हुँ । नयाँ शक्ति अभियानबाट अलग भएको छैन ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट