२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

विचार मिल्नेसँग पार्टी एकता गर्नेबारे माओवादी भित्र छलफल

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने बताएका छन् ।

बिहीबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रीय समिति बैठकमा राजनितिक एंव संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले आफूलाई अध्यक्ष पदमा बसिरहने इच्छा नरहेको तर वैज्ञानिक प्रणाली अन्तर्गत नेतृत्वको बिषयलाई तार्किक निष्कर्षमा पुराउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

त्यसैगरी पार्टी एकता र ध्रुविकरणका बिषयमा विचार मिल्नेसंग पार्टी एकता गर्ने र समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्नका लागि सघन छलफल भइरहेको प्रचण्डले बताएका थिए । घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि प्रभावकारी भूमिका खेल्ने र विशेष महाधिवेशनका साथै निर्वाचनमा टिकट वितरण गर्दा युवाहरुको प्रतिनिधित्व अधिकतम सहभागिता गराउने बिषयमा प्रचण्डले जोड दिएको प्रवक्ता सापकोटाले बताए ।

त्यस्तै प्रचण्डले हालको केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने र त्यसको संयोजक आफै हुने प्रस्ताव राखेको पनि उनले बताए । बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले केहि बिषयमा फरक बिचार राखेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रचण्डको प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भइरहेको र शुक्रबार समूहगत निष्कर्ष प्रस्तुत गरिने सापकोटाले बताउनुभयो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट