काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीको देशबासीका नाममा पहिलो सम्बोधन सुरु भएको छ ।
जेनजी आन्दोलनपछि गत २७ भदौमा प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश कार्कीले बिहिबार देशबासीका नाममा पहिलो पटक सम्बोधन गरेकी हुन् ।
उनले देशको पछिल्लो अवस्था र अबका कदमहरुबारे जनतालाई जानकारी गराउने छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरु भएको सम्बोधनको समन्वय सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले मिलाएको हो ।
प्रतिक्रिया दिनुहोस