२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

संविधान संशोधन वर्तमान सरकारको कार्यक्षेत्रभित्र पर्दैन, भ्रष्टाचारबारे सबै थाहा पाईसक्यौँ : प्रधानमन्त्री कार्की

बिहिवार , आश्विन ९, २०८२

काठमाडौँ । जेनजी आन्दोलनपछि गत २७ भदौमा प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन आफू नेतृत्वको वर्तमान सरकारको कार्यक्षेत्रमा नपर्ने बताएकी छन् ।

बिहिबार देशबासीका नाममा पहिलो पटक सम्बोधन गरेकी उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनपछि मात्रै संविधान संशोधन हुनसक्ने स्पष्ट पारिन् ।

उनले जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्ने बताइन् ।

त्यस्तै, कार्कीले विगतका सरकारका पालामा भएका भ्रष्टाचारबारे सबै जानकारी पाइसकेको बताइन् ।

उनले वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सम्बन्धमा प्रस्ट जानकारी पाइसकेको छ भन्दै त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने बताइन् ।

प्रधानमन्त्री कार्कीले जेनजी पुस्ताको आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी तथा तोडफोड हुँदा देखिएको नगदसम्बन्धी छानबिन सुरू भइसकेको पनि बताइन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट