२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । आज २०८२ साल असोज १० गते शुक्रबार। तदनुसार सन् २०२५ सेप्टेम्बर २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन सामान्य राम्रो छ। खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ। परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ। लगानीका क्षेत्र सबल छन्। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। ऋण बढ्नेछ। राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ।

कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ।

सिंह : दिन राम्रो छ। सहयोगीको साथ मिल्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ। सामाजिक क्षेत्रमा इज्जत गुम्ने खतरा छ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। राम्रो योजना बन्नेछ। समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। पुराना साथीको साथ मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। उच्च स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। श्रमको मूल्य प्राप्त हुनेछ। सहकर्मीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत प्राप्त हुनेछन्। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा बढुवा हुनेछ। समाजमा तपाईंको मान बढ्ने योग छ। परिवारमा सम्मान प्राप्त हुनेछ।

मकर : दिन राम्रो छ। ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ। विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ। सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ। छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ। विपक्षीको साथ मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। अन्त्य साढेसातीको प्रभावले मन अशान्त बने पनि सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट