मलेसिया । नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङले आफ्नो ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम कार्तिक २ (अक्टोबर १९) मा आयोजना गर्ने भएको छ। संघले मलेसियाभर रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणासहित विशेष उपस्थितिका लागि आग्रह गरेको छ।
संघका अध्यक्ष विरस पुन मगरले भने, “सबै नेपाली दाजुभाइ–दिदीबहिनीलाई उपस्थित भई कार्यक्रम सफल बनाउन सादर अनुरोध गर्दछौं।”
कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष गंगा बहादुर थापा मगर प्रमुख अतिथि रहनेछन्। साथै, नेपालबाट विशेष प्रस्तुतीका लागि चर्चित गायिका उर्मिला पुलामी मगर र मोडेल विजय पुन पनि सहभागी हुने कार्यक्रम रहेको छ।
संघले यो अधिवेशन र सांस्कृतिक कार्यक्रमलाई केवल बैठक मात्र नभई, नेपाली सांस्कृतिक विविधता, परम्परा र एकताको उत्सवको रूपमा आयोजना गरेको विश्वास व्यक्त गरेको छ। कार्यक्रममार्फत नेपाली समुदायबीच आपसी मेलमिलाप र सांस्कृतिक चेतना प्रवर्धन गर्ने उद्देश्य राखिएको आयोजक समितिले जनाएको छ।
संघले उपस्थित सबैलाई कार्यक्रम स्थलमा समयमै उपस्थित भई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस