काभ्रेपलाञ्चोक । अरनिको राजमार्गमा आज बिहान ५:२० बजे एक दूध संकलन गर्ने भ्यान सुनकोशीमा खस्दा चालक बेपत्ता भएका छन्।अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ मा आज बिहान भ्यान सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका थिए। सडकबाट करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको भ्यानमा चालक मात्र सवार रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनास्थलमा चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ गाडी जाँदै थियो।
घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको छ। चालकको खोजतलास कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस