२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

अर्थ मन्त्रालयले लागू गर्‍यो पूर्ण डिजिटल प्रणाली, पारदर्शिता र छिटो कार्य हुने विश्वास

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि आफ्ना सबै प्रकारका टिप्पणी र निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रालयले पारदर्शिता, छिटो निर्णय र सुरक्षित प्रक्रिया सुनिश्चित गर्न पुरानो कागजी प्रणाली पूर्ण रूपमा हटाएर डिजिटल प्रणाली लागू गरेको हो।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले मन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन । अबदेखि मन्त्रालयभित्रका सबै आन्तरिक फाइलिङ, टिप्पणी, स्वीकृति लिन वा दिनका कामहरू अनलाइन प्लेटफर्ममार्फत मात्र हुनेछ। यस प्रणालीमार्फत समय, लागत र श्रमको बचत हुने विश्वास गरिएको छ।

मन्त्रालयका अधिकारीहरूले भने, डिजिटल प्रणाली कार्यान्वयनपछि कर्मचारीले हातले गर्ने प्रक्रिया अन्त्य हुनेछ र सबै रेकर्ड सुरक्षित रूपमा डिजिटल आर्काइभमा राखिनेछ। यसले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको स्तर पनि बढाउने अपेक्षा गरिएको छ।

डिजिटल स्वीकृति प्रणाली लागू भएपछि मन्त्रालयले फाइलहरू ट्र्याक गर्न सजिलो हुने, निर्णयको समय घट्ने र सरकारी काममा कुशलता बढ्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट