२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

शनिवार , आश्विन ११, २०८२

खोटाङ । साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा ५८२ जना लाभग्राहीले सेवा लिएका छन् ।

ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीको गाउँमै पुगेर सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा एक करोड एक लाख ६३ हजार बराबरको सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए। गाउँपालिकाले चाडपर्वको पूर्वसन्ध्यामा गाउँमै शिविर आयोजना गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेपछि लाभग्राहीसमेत हर्षित भएका छन् ।

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका १७८ जनालाई ३८ लाख २१ हजार, वडा नं २ रतन्छाका १२३ जनालाई रु १८ लाख ५८ हजार, वडा नं ३ खिदिमाका ८८ जनालाई १३ लाख ३७ हजार वितरण गरिएको छ । यस्तै, साकेला गाउँपालिका–४ मात्तिमका ७९ जनालाई १२ लाख ५९ हजार र साकेला गाउँपालिका–५ मात्तिमविर्ताका ११४ जना लाभग्राहीलाई १८ लाख ८८ हजार वितरण गरिएको हो ।

कतिपयले बैंकको मानेभञ्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् । गाउँपालिकाले नेपाल एसबिआई बैंकको साकेला शाखासँगको सहकार्यमा सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीले नेपाल एसबिआई बैंकको देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने गाउँपालिकाले जनाएको छ । बैंकिङ प्रणालीमार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने सामासकिज सरक्षाभत्तालाई गाउँपालिकाले पहिलादेखि नै वडा–वडा पुगेर वितरण गर्दै आएको छ ।

भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैंकसम्म पुगेर भत्ता लिन शारीरिक कष्ट र दुःख हुने भएकाले घर पायकमा शिविर राखेर भत्ता वितरण गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । दश स्थानीय तह रहेको जिल्लामा साकेला गाउँपालिकाले सबैभन्दा पहिले लाभग्राहीलाई बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको हो ।

कर्मचारीमार्फत वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाएपछि त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा रहेको) यो गाउँपालिकामा मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको छानबिनका क्रममा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट