२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

विपद्को एक वर्ष: काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

शनिवार , आश्विन ११, २०८२

काभ्रेपलाञ्चोक । विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो ।

दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब चार करोड भने अधिकांश स्थानीय तहले माग नगर्दा थन्किएको अवस्थामा रहेको छ । दुई तहले मात्रै दोस्रो किस्ताको रकम कार्यालयसँग माग गरी पीडितलाई वितरण गरेको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले दोस्रो किस्तावापतको रकम लगेका हुन् ।

सरकारले पहिलो किस्तामा २५ हजार र दोस्रो किस्तामा २५ हजार गरी प्रतिघरपरिवार अस्थायी आवास निर्माणार्थ ५० हजार उपलब्ध गराउने गरी कार्यविधि तयार गरेको थियो । कार्यालयका अनुसार दोस्रो किस्ताको रकम बेथान्चोकले १९६ र रोशी गाउँपालिकाले ले ४६१ र घरपरिवारलाई एक करोड ६४ लाख २५ हजार उपलब्ध गराइएको हो ।

पहिलो किस्ताबापतको अनुदान पाउनेमा धुलिखेल नगरमा ९०, बनेपामा ४१, पनौतीमा ६३४, पाँचखालमा, ८८, मण्डनदेउपुरमा १३३, नमोबुद्धमा ८८४ परिवार रहेका छन् । यस्तै चौँरीदेउराली गाउँपालिकामा २८०, खानीखोलामा ५३, रोशीमा ५४८, भुम्लुमा ४०, तेमालका १४१, बेथानचोकमा २३९ र र खानीखोलामा ५३ पीडित परिवार रहेका छन् ।

यसैबीच २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन (डिडिए) भइरहेको रहेको छ । क्षति आकलन सुरु गरिएको करिब छ महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डिडिए सकिएको जनाइएको छ । घटनाको एक वर्ष बितिसक्दा पनि विविध कारण क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र अवस्थामा रहेको हो । तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्ण विवरण प्राप्त नहुँदा सरकारले निजी आवास पुनर्निर्माण कार्य अलपत्र अघि बढाउन नसकेको जनाइएको छ ।

गत चैत अन्तिम साता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट यसको सुरुआत गरेका थिए । स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । निजी आवासको विस्तृत क्षति आकलनको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेषरुपमा ध्यानाकर्षण गराइएको छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये बढी जनधनको क्षति पुगेको नमोबुद्ध नगर, पनौती नगर, बेथानचोक गाउँपालिका, तेमाल, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको भने विस्तृत क्षति आकलनको पूर्ण तथ्याङ्क आउन नसकेको हो ।

उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्तामा सूचीकृत गरिएको छभने एक सयको हाराहारीमा घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट