२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

शिक्षामन्त्री पुनले दशैं–तिहारअघि शिक्षकको तलब निकासा गर्न दिए निर्देशन

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशैं–तिहारको पूर्वसन्ध्यामा शिक्षकहरूको तलब रोकेर राख्ने स्थानीय तह र विद्यालयसम्बद्ध पक्षलाई तत्काल निकासा गर्न निर्देशन दिएका छन्।

शिक्षकहरूले पर्वको समयमा समेत तलब नपाएको गुनासो गरेपछि मन्त्री पुनले सार्वजनिक अभिव्यक्तिमार्फत सम्बन्धित निकायलाई कडा चेतावनी दिएका हुन्। पुनले भने, “मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरूलाई सूचना दशैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रमुख तथा शिक्षकहरूको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ।”

उनले भोलिसम्म कुनै नाजायज वा अन्यायपूर्ण कारण देखाई तलब निकासा नगरेमा त्यस्ता पालिकामाथि नियमानुसार कारबाही हुने स्पष्ट चेतावनी दिए।

मन्त्री पुनका अनुसार विद्यालय व्यवस्थापन समितिहरू र केही प्रधानाध्यापकहरूले समेत तलब रोकेर राखेको उजुरी आएको छ। उनले थपे, “भोलिसम्ममा तलब नदिएमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई पनि कानुनअनुसार कारबाही गरिनेछ।”

शिक्षकहरूले दशैं–तिहार जस्तो सपरिवार मनाउने पर्वमा तलब रोकिनुले आफूहरू अपमानित भएको बताउँदै समस्या समाधानका लागि मन्त्रीसमक्ष उजुरी गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट