२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन: असोज २० गते भित्र फर्कन पुन:आह्वान

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ ।

गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’समेत गठन भएको स्पष्ट पारेको छ ।

अझै पनि उल्लेख्य सङ्ख्यामा कैदीबन्दी कारागार बाहिर रहेको स्पष्ट पार्दै विभागले तोकिएको समयभित्र कारागार नफर्कनेका हकमा प्रचलित कानुन बमोजिम कारवाही हुने निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णय बमोजिम भागेका कैदीबन्दीको जानकारी उपलब्ध गराउन सम्वद्ध सबैलाई विभागले आग्रह गरेको छ ।

फरार अवस्थामा रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारवाही हुने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ ।

फर्किन बाँकी रहेका कैदीबन्दीको अद्यावधिक विवरण जिल्लाबाट नियमति रूपमा प्राप्त गरी स्म्बन्धित माथिल्लो निकायमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

कैदीबन्दीको खोजीका लागि जिल्लाका जनप्रतिनिधिलगायत आवश्यक अन्य निकायसँग बैठक छलफल गर्न, अन्तर समन्वय कायम गर्न र आवश्यक देखिएकामा अन्य संयन्त्रको प्रयोग गर्नुपर्ने कार्यादेश तय भएको छ । सार्वजनिक सेवा प्रवाहह गर्ने निकायलाई फर्किन बाँकी कैदबिन्दीको विवरण उपलब्ध गराइ खोजीकार्यलाई प्रभावकारी बनाइने विभागले जनाएको छ ।

भागेका कैदीबन्दीसम्बन्धी सूचना वा जानकारी उपलब्ध गराउन आह्वान गर त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न सञ्चार माध्यम, सामाजिक सञ्जाल वा अन्य उपयुक्तमाध्यमबाट कार्यदल वा सुरक्षा निकायको सम्पर्क नम्बर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट