२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

आरजु राणाले दिइन् युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट राजीनामा

शनिवार , आश्विन ११, २०८२

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छन् ।

निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी देउवाले स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् ।

राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी भएको थियो । उक्त घटनाबाट स्कुलमा व्यापक क्षति भएको थियो ।

राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्षमात्रै हुन् । तर, जेनजी आन्दोलनका क्रममा प्रदर्सनकारीको भीडले आरजुको स्कुल भन्दै युलेन्समा तोडफोड र आगजनी गरेका थिए ।

आरजुले राजीनामा दिएसँगै स्कुलले छिट्टै नयाँ अध्यक्ष छान्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट