काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशभक्तिको पक्षमा बोल्नेहरुविरुद्ध भ्रमको खेती गरिएको बताएका छन् । जेनजी आन्दोलनपछि आज (शनिबार) भक्तपुरको गुन्डुमा पहिलोपटक सार्वजनिक भएका उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय युवा संघले आयोजना गरेको खुल्ला भेटघाट कार्यक्रममा बोल्दै उनले देशभक्तिको पक्षमा बोल्नेहरुविरुद्ध झोले भन्दै ट्रेन चलाएको भन्दै असन्तुष्टि जनाए ।
उनले विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारको झूट भ्रमहरू चलाउने गरेको बताए । उनले देशभक्तिको पक्षमा बोल्यो कि झोले भनेर ट्रेन चलाइहाल्ने प्रवृत्ति बढेको बताए ।
त्यस्तै, निवर्तमान प्रधानमन्त्री समेत हरेका ओलीले आफ्नो निजी घरको लोकसेन ट्र्याक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न समेत गरे । उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै कुनै कर्तव्य हुँदैन ? भनेर प्रश्न समेत गरे ।
उनले फेरि एमाले नेतृत्वको सरकार आउने दाबी समेत गरे ।
प्रतिक्रिया दिनुहोस