काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।
सर्लाहीको लालबन्दीमा शनिबार आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गुण्डुमा गुन्डाहरू भेला गर्नुको साटो ओलीले सार्वजनिक रूपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने बताए ।
अध्यक्ष साहले ओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक र नेकपा एमाले दुवै डुबाएको बताए । तर ओलीमा त्यो हठ, घमण्ड र अहङ्कार अझै कायमै रहेको पनि उनले बताए ।
अध्यक्ष साहले युवाहरूको भावना बुझ्नुको साटो उनीहरूलाई प्रहार गर्नुको दशा केपी ओलीले अहिले भोग्नु परेको बताए । त्यस्तै, यस पटक सेनाले बचाइदिएको भन्दै यस्तै हट, घमण्ड र अहङ्कार रहिरह्यो भने अझै दुर्दशा भोग्नुपर्ने बताए ।
ओलीले एमालेमात्रै नभएर मुलुक नै डुबाउने काम गरेको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस