२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

स्रोत–साधनको अभावका बावजुद पनि सडक सुरक्षा सुनिश्चित गर्ने ट्राफिक प्रहरीको प्रतिबद्धता

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । चाडपर्व नजिकिंदै गर्दा ट्राफिक सुरक्षालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त आयोजनामा आइतबार ‘ट्राफिक वाक’ कार्यक्रमको आयोजना गरेका छन् ।

‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित आयोजित र्‍याली काठमाडौँको रानीपोखरीबाट प्रारम्भ भई रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म अघि बढ्यो। र्‍यालीका सहभागीहरूले विभिन्न जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएका थिए।

र्‍यालीपश्चात् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटनारहित बनाउन सबैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए। उनले सभ्य समाज निर्माणका लागि सचेत र जिम्मेवार यात्रु तथा चालक दुवै आवश्यक रहेको उल्लेख गर्दै आजको कार्यक्रम त्यस दिशामा प्रभावकारी हुने विश्वास व्यक्त गरे।

विशिष्ट अतिथि हृदयरोग विशेषज्ञ डा. ओममुर्ति अनिलले देशको समग्र अवस्था संवेदनशील भइरहेका बेला पनि चाडपर्व लक्षित सचेतनामूलक कार्यक्रमको आयोजना हुनु समाजका लागि सकारात्मक सन्देश भएको बताए। उनले चाडपर्वको नाममा मादक पदार्थ सेवन, तिव्रगतिमा सवारी चलाउने तथा लागूपदार्थ प्रयोग गर्ने जस्ता क्रियाकलापले जीवन र समाज दुबैलाई जोखिममा पार्ने भएकाले कडाइका साथ नियन्त्रण हुनुपर्ने धारणा राखे।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले हालको चुनौतीपूर्ण अवस्थामाझ ट्राफिक प्रहरीले विभिन्न अभावसँग जुध्दै ट्राफिक व्यवस्थापनमा खटिरहेको बताए। उनले सडक प्रयोगकर्ताको सुरक्षित यात्राका लागि प्रहरी बल प्रतिबद्ध रहेको स्पष्ट पार्दै चाडपर्वका बेला थप सतर्कता अपनाइने जानकारी दिए।

बडा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै उपत्यकाभित्र सडक सुरक्षा, दुर्घटना नियन्त्रण र जनचेतनामूलक अभियान निरन्तर सञ्चालन गरिने सम्बन्धित निकायले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट