२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गरेर दोषिलाई कडा कारवाही गर्नुपर्छ : मोहन बस्नेत

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गरेर दोषिलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् ।

कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नंवर १ क्षेत्रिय कार्यसमितिले शनिबार बाह्रविसेमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता बस्नेतले जेनजी आन्दोलनका क्रममा प्रहरीले मात्रै नभए अन्यत्रबाट पनि गोली चलेको आशंका गर्दै छानविन गरेर दोषिलाई कडा कारवाही गर्नुपर्ने बताएका हुन् ।

जेनजीको माग सकारात्मक रहेको भन्दै उनले आन्दोलनका क्रममा बिभिन्न शक्तिले घुसपैठ गरेको हुनसक्ने बताए । बस्नेतले आन्दोलनका क्रममा आफ्नो घर जलाएर कुनै फरक नपर्ने उल्लेख गर्दै अव हिजोको भन्दा पनि अझ प्रभावकारी र सक्रिय रुपमा आफ्नो कामलाई अघि बढाउने जिकिर गरे ।

उनले मुलुकको पछिल्लो अवस्थामा पनि कांग्रेसले उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट