२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सौराहाबाट सुरु भयो ‘नेपाल सुरक्षित अभियान’, पर्यटन प्रवर्द्धनमा ग्रीन पार्क चितवनको पहल

आइतवार , आश्विन १२, २०८२

चितवन । सौराहालाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा प्रचार गर्ने उद्देश्यले ‘नेपाल सुरक्षित अभियान’ सुरु गरिएको छ।

स्थानीय लक्जरी रिर्सोट ग्रीन पार्क चितवनले आफ्नै रिसोर्टमा आएका पर्यटकहरूलाई ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देशसहित अभियान सञ्चालन गरेको हो।

होटलका सीईओ राधा श्रेष्ठका अनुसार, सौराहाको पर्यटन प्रवर्द्धनमा आवश्यक समन्वय र एकता नहुनु प्रमुख समस्या बनेको छ। उनले भनिन्, “यहाँ गुटबन्दी र राजनीतिकरण बढी छ। सबैलाई समेटेर अगाडि बढ्ने प्रयास गर्दा पनि सकारात्मकभन्दा नकारात्मक प्रतिक्रियाहरू आउँछन्।”

श्रेष्ठले स्थानीय संघसंस्थाहरू कार्यक्रमभन्दा बढी सरकारी बजेट खर्च गर्ने ध्येयमा सीमित रहेको आरोप लगाइन्। पर्यटन प्रवर्द्धनका लागि जिम्मेवार निकायहरू कामभन्दा गफमै सीमित भएको भन्दै यहाका अधिकांश व्यवसायीहरूले सौराहाको पर्यटन क्षेत्रमा गम्भीर असर परेको जनाइन् ।

नेपाल सुरक्षित अभियानमार्फत सौराहा सुरक्षित, स्वागतयोग्य र भ्रमणका लागि तयार रहेको सन्देश दिन खोजिएको छ। स्थानीय पर्यटन व्यवसायीहरूले यस अभियानलाई सकारात्मक रूपमा लिए सौराहाको पर्यटन पुनरुत्थानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट