२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

मुलुकलाई असफलताबाट जोगाउन राजनीतिक दलको नेतृत्व युवालाई दिनुपर्छ : घनश्याम भुसाल

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका लागि राजनीतिक दलको नेतृत्व युवाहरुलाई दिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा भुसालले मुलुक अहिलेको अवस्थामा पुग्नुका कारण मरणोपरान्त सत्ताभोगका लागि राजनीतिक दललाई कव्जा गरेर बसेका मुख्य नेताहरु नै रहेको भन्दै मुलुकलाई असफलताबाट जोगाउनका लागि नेतृत्व युवाहरुलाई दिनुपर्ने बताएका हुन् ।

अहिले पनि मुख्य राजनीतिक पार्टीहरुमा संस्थागत सुधारको परिणामूखी पहलकदमी नदेखिएको उनले बताए ।

उनले कुनै पनि बहानामा मुख्य नेताहरुले अहिलेको परिस्थीतिलाई नजरअन्दाज गर्न खोजे मुलुकलाई अर्को चक्रबाट बचाउन नसकिने जिकिर गरे ।

अव पनि दलहरु गम्भीर हुन नसके उनीहरु बिरुद्ध युवाहरुको विरोध बढ्दै जाने र अराजनीतिक–अपराधीक समूह तथा प्रतिगामीले खेल्ने ठाँउ पाउने उनको भनाइ छ । उनले तत्काल त्रासदीपूर्ण सम्भावनालाई रोक्न बामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरुले तत्कालै सक्रियता लिनुपर्ने धारणा राखे ।

भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने अहिले महत्वपूर्ण अवसर भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट