काठमाडौं । दशैको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा बिभिन्न राजमार्गमा सवारी चाप बढेको छ ।
बिपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगाएतका राजमार्गमा सवारी चाप बढेको हो । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि फूलपातीसम्म करिव पाँच लाख सर्वसाधारणले काठमाडौँ छाडेका छन् ।
अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । ट्राफिक प्रहरीले आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस