चितवन । नारायणघाट–मुग्लिन सडक दुईतर्फी रुपमै सञ्चालनमा आएको छ । तुइनखोलामा झरेको पहिरो हटाएसँगै नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आएको हो ।
सोमबार दिउँसो १२ बजेतिर पहिरो खसेपछि यो सडक बन्द हुँदा हजारौं यात्रु सडकमै अलपत्र परेका थिए ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार साँझ ६ बजेबाट सडक दुईतर्फीरुपमै सञ्चालनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस