२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सप्तरीमा करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु

सोमवार , आश्विन १३, २०८२

राजविराज (सप्तरी) । विद्युत् प्राधिकरण हनुमाननगर उपकेन्द्रमा कार्यरत एक कर्मचारीको आज करेन्ट लागेर मृत्यु भएको छ । दैनिक ज्यालादारीमा कार्यरत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ घर भएका अन्दाजी ४५ वर्षीय दिनेश सुतिहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर कुरीले जानकारी दिए ।

उनका अनुसार सुतिहारले हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा विद्युत्को पोलमा लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको हो ।

करेन्ट लागेपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा भर्ना गरे पनि उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट