२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

समुन्नत राष्ट्र निर्माणमा सघाउन अध्यक्ष नेपालको आग्रह

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताएका छन् ।

बडा दसैँका अवसरमा आज जारी गरेकाे शुभकामना सन्देशमा उनले स्वदेश तथा तथा विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना व्यक्त गर्दै समुन्नत नेपाल निर्माणका निम्ति सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै अध्यक्ष नेपालले जनचाहनाअनुरूप स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको रक्षा गर्दै तोकिएको मितिमा निर्वाध निर्वाचन गराउने वातावरण तयार गर्न समाजका सबै पक्षसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट