काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा शक्तिपीठको दर्शन गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार नक्सालभगवती मन्दिर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् । राष्ट्र प्रमुखको हैसियतमा हरेक वर्ष राष्ट्रपतिले उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ ।
तर यस बर्ष राष्ट्रपति पौडेलले नक्सालभगवती मन्दिरको मात्रै दर्शन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस