काठमाडौँ । तीन पूर्वविशिष्टले गैरकानुनी रूपमा लगेका सरकारी सवारीसाधन फिर्ता गरेका छन् । पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गरेका हुन् ।
पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनविपरीत सवारी साधन प्रयोग गरिरहेपछि सरकारले फिर्ता गर्न आग्रह गरेको थियो । त्यसपछि उनीहरुले सवारीसाधन फिर्ता गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिएका छन् ।
अर्थ मन्त्रालयले कानुनमा व्यवस्था नभए पनि राज्य कोषबाट सुविधा लिइरहेका राजनीतिक तथा कर्मचारीका पूर्वपदाधिकारीमाथि निगरानी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस