२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

वर्षको एक दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिर महानवमीमा सर्वसाधारणका लागि खुला

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । महानवमीका अवसरमा हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिर आज बिहानैदेखि भक्तजनका लागि खोलिएको छ । वर्षमा एकपटक मात्र दर्शन गर्न पाइने भएकाले बिहानैदेखि श्रद्धालुको भीड लागेको छ।

नेवार समुदायले इष्टदेवीका रूपमा पूज्ने तलेजु भवानीलाई ‘तुलजा’ पनि भनिन्छ। फूलपातीको दिन मूलचोकमा ल्याइएको मूर्तिलाई विजयादशमीको बिहान पुनः मूल मन्दिरमा फर्काइने परम्परा छ।

महाअष्टमीको रात कालरात्रि पूजामा ५४ बोका र ५४ राँगोको बलि दिइएको थियो। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने विश्वाससहित तान्त्रिक विधिअनुसार यो पूजा गरिन्छ।

महानवमीका दिन दशैंघर, कोत तथा शक्तिपीठहरूमा दुर्गा भवानीको विशेष पूजा, बलि र देवी स्तोत्र, चण्डी तथा देवीभागवत पाठ गरिने चलन छ।

२०७७ सालमा कोभिड–१९ का कारण तलेजु मन्दिर खुल्ला गरिएको थिएन भने २०७८ सालमा खोप अभियानपछि खुलाइएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट